२१ कार्तिक २०८३, शनिबार

कर्तव्य ज्यान र बहुविवाह मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कपिलवस्तु, १० साउन । छुट्टाछुट्टै मुद्धामा फरार रहेका कपिलवस्तुका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका ६ बस्ने २५ वर्षे लोहे भन्ने रमापति यादव र यशोधरा गाउँपालिका ७ बस्ने सुकदेव पाण्डे पक्राउ परेका हुन् ।

यादव कर्तव्य ज्यान गरी फरार रहँदै आएका थिए । पाण्डे भने बहुविवाह मुद्धामा ७ वर्षदेखि फरार थिए । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोलीले उनीहरुलाई विभिन्न समय र स्थानबाट पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्धाका प्रतिबादी यादवलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिए ।

पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले २०६९ असोज ३ गते बहुविवाह मुद्धामा २ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर पाण्डे भने हालसम्म पनि फरार रहँदै आएका थिए ।

विशेष सुराकीका आधारमा प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक यादवले जनाए । पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको बताइएको छ ।