२१ कार्तिक २०८३, शनिबार

थाइल्याण्डमा उपप्रधानमन्त्री यादवसँग ‘बुद्धबारे चर्चा’

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १० साउन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाल र थाइल्याण्डबीचको सम्वन्ध र सहकार्यका क्षेत्रमा छलफल गरेका छन् ।

तीन दिने थाइल्याण्ड भ्रमणका क्रममा यादवले त्यहाँका स्वास्थ्यमन्त्री पियसाकोल साकोल्सातयादन र शिक्षामन्त्री अदमका चिन्तोनसँग भेटघाट गरेका हुन् ।

भेटघाटको क्रममा दुई देशबीचको सम्बन्ध र सहकार्यका विषयमा कुराकानी भएको मन्त्री यादवका स्वकीय अधिकृत लाक्पा शेर्पाले जानकारी दिए ।

थाइल्याण्डको स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटमा यादवले नेपाल र थाइल्याण्डबीचको सम्बन्धमा राजा जनक, लुम्बिनी र भगवान गौतम बुद्धको प्रसंग समेत जोडर छलफल भएको शेर्पाले बताए ।

थाइल्याण्डका स्वास्थ्यमन्त्रीले ‘नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको’ बताए । यसैगरी त्यहाँका शिक्षामन्त्रीले नेपालका रहेक विश्वविद्यालयलाई हरेक विषयमा सहयोग गर्न आफूहरु आतुर रहेको बताए ।

‘दुवै देशले संयुक्त सहकार्य कहिलेदेखि गर्ने हो भन्ने बिषयमा चाँडै मिति तोकौं’ उनले भने, ‘हामी सहकार्यमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरि तयारीमा छौँ ।’

यादव थाइल्याण्डको महिडोल विश्वविद्यालयमा आयोजित स्वास्थ्य सम्वन्धी कार्यक्रममा सहभागी हुन पुगेका थिए । यादवले विश्वविद्यालयका डीन तथा फेकल्टी मेम्बरहरुसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए । यादव साउन शुक्रबार नेपाल फर्कनेछन् ।