
सल्यान, १० साउन । जिल्ला प्रहरी कार्यालय सल्यानमा आधुनिक र स्वस्थकर हिरासत कक्ष बनेको छ । हिरासत कक्षलाई आधुनिक सल्यान प्रहरी हिरासत/स्वस्थकर हिरासत नाम दिएर आधुनिकिकरण गरिएको सल्यान प्रहरी प्रमुख डिएसपी भरत बहादुर विकले बताए ।
यस अघि हिरासतमा आउने व्यक्तिका मानवअधिकारका दृष्टिकोणले उपयुक्त नभएको हिरासत कक्षमा अहिले सफा कोठा, सफा सुन्दर विस्तरा र उज्यालो कोठा बनाइएको उनले बताए ।
विक्रम सम्वत २०१२ सालमा स्थापना भएको जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा २५ जना राख्न मिल्ने क्षमता रहेको छ । ६३ वर्ष अघि स्थापना भएको यस प्रहरी कार्यालयमा महिला र पुरुषका लागि दुई वटा हिरासत कक्ष रहेका छन् ।
‘प्रहरी हिरासतमा आउने व्यक्तिलाई उडुसले घेरी हाल्नु पर्ने, उसले विस्तराको अभाव हुनु पर्ने, स्वच्छ हावा स्वच्छ खानाको अभाव हुनु पर्ने हुनु हुदैन,उनले थपे’ प्रहरी प्रमुख डिएसपी विकले भने । उनका अनुसार यस्तो आधुनिक हिरासत नेपालमै पाँच/सात ठाउँमा मात्र रहेका छन् ।
हिरासतको बिहीबार प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, शारदा नगर प्रमुख सुरेश अधिकारी, जिल्ला स्थित मानव अधिकारकर्मी, पत्रकार, सरोकारवाला निकायले अवलोकन गरेका छन् । अवलोकन पछि आयोजित कार्यक्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले आधुनिक हिरासतलाई दिगो राख्नका लागि सरसफाई र हेरचाह आवश्यक रहेकोमा जोड दिए ।
शारदा नगर प्रमुख अधिकारीले अहिलेको हिरासतको व्यवस्थापन एकदमै स्रहानीय रहेको बताए । हिरासतको व्यवस्थापनको प्रशंसा गर्दै उनले यसलाई निरन्तरता दिनका लागि नगरपालिकाले जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।
ईन्सेक जिल्ला प्रतिनिधि मिना बुढाथोकीले यहाँको हिरासतमा आएका व्यक्तिले मानअधिकारको अनुभव गर्न पाउनु राम्रो कुरा भएको बताइन् । हिरासतभित्र पनि आरोपितले यस अघि विभिन्न समस्या भोग्दै आएको पटक पटक कुरा उठे पनि अहिले आएर आधुनिक हिरासत संचालनमा आउदा यसले जिल्लामै राम्रो सन्देश दिएको उनको भनाई छ ।
साथै पछिल्लो समय प्रहरीले शान्ति सुरक्षामा खेलेको भूमिकाले सर्वसाधारणले सुरक्षाको अनुभूति गरि रहेको पाइएको बुढाथोकीले बताइन् । नेपाल बार एशोसियशनका अध्यक्ष लाल बहादुर रावतले आधुनिक हिरासतलाई निरन्तरता दिन सरसफाई लगायतका विषयमा ध्यान दिनु पर्ने बताए ।












प्रतिक्रिया