२ कार्तिक २०८३, सोमबार

आइएमई इन्स्योरेन्सका थप दुई शाखा कार्यालय संचालनमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १० साउन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा आफ्ना थप दूई शाखा कार्यालय संचालनमा ल्याएको छ ।

चितवनको रत्ननगर टाँडी र नवलपरासीको कावासोतीमा बुधबार शाखाको उदघाटन गरिएको हो । कम्पनीको टाँडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।

त्यसैगरी कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् ।

उद्घाटन समारोहमा स्थानीय उद्योगी, व्यापारी, व्यावसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । कम्पनीले ४० वटा शाखा, २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवाग्राहीलाई उच्च कोटीको सेवा प्रदान गर्नेे जानकारी दिए ।

त्यसैगरी कम्पनीको चुक्त पूँजीको सम्बन्धमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख पुग्ने र त्यसपश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पूँजी १ अरब २ करोड ६ लाख पु¥याईने जानकारी गराउँदै यस आर्थिक वर्ष २०७५/०७६ मा थप १२ शाखाहरु खोली आफ्नो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी पनि गराए ।

श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिए । कम्पनीले गत आर्थिक वर्ष ०७४/०७५ मा १ अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको बताए । उक्त आर्जित बीमा शुल्क अघिल्लो आवको तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत ग्राहकलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमा सेवा प्रदान गर्ने जानकारी गराउँदै श्रेष्ठले सबैलाई आफनो सम्पत्तीको पुरा मूल्यमा बीमा गराउन पनि अनुरोध गरे ।