२१ कार्तिक २०८३, शनिबार

दरबारमार्ग वृत्तका प्रमुख मल्लसहित १० प्रहरी पुरस्कृत

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ९ साउन । महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिएसपी दानबहादुर दानबहादुर मल्लसहित १० प्रहरी अधिकारीहरु पुरस्कृत भएका छन् ।

मल्लसँगै कमलपोखरी वृत्ततका प्रमुख डिएसपी कुलदीप चन्द तथा अन्न प्रहरी अधिकारीहरु सई विजय भण्डारी, श्याममणि पोखरेल, असई पदम थापा, महिला सेलकी निर्मला ओझा, प्रहरी हवल्दार लालबहादुर तामाङ, बलबहादुर सैजवाल, प्रहरी जवान तुलसीराम भट्टराई र सविन थापा पुरस्कृत भएका हुन् ।

काठमाडौं प्रहरी परिसरले बुधबार उनीहरुलाई सम्मान गरेको हो । पछिल्लो समय नेपाल प्रहरीमा आ–आफ्ना क्षेत्रमा उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रोत्साहन गर्नका लागि हरेक महिना उनीहरुको कामको मूल्यांकन गर्दै पुरस्कृत गर्ने गरिएको छ ।

असार महिनामा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक केशव भट्ट र प्रहरी प्रभाग फर्पिङका प्रहरी निरीक्षक विष्णु सोतीलाई समेत पुरस्कृत गरिएको छ ।

उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रहरी परिसर काठमाडौंले १० हजारदेखि ५० हजारसम्म पुरस्कार स्वरुप रकम प्रदान गर्दै आएको छ । प्रहरी परिसर काठमाडौं र नेपाल बङ्गलादेश बैंकले संयुक्त रूपमा पुरस्कार प्रदान गर्ने गरिएको छ ।

बुधबार पुरस्कृत दरबारमार्ग प्रहरी प्रमुख डिएसपी मल्लले दरबारमार्ग क्षेत्रमा सञ्चालित रात्रिकालिन व्यवसायलाई मर्यादित बनाउन ठूलो भूमिका निर्वाह गरेका थिए ।

खासगरी शुक्रबार र शनिबारका दिन दरबारमार्ग क्षेत्रमा सञ्चालित रात्रिकालिन व्यवसायमा हुुने गतिविधि अमर्यादित हुने गरेका थिए । साथै रेष्टुरेन्ट, डिस्कोमा काम गर्ने युवतीहरुका विषयलाई लिएर दिनहुँ झैझगडा समेत हुने गरेको थियो ।

सो क्षेत्रमा शान्तिसुरक्षा कायम गर्न र व्यवसायीलाई मर्यादित रुपमा व्यवसाय गर्न मल्लले प्रोत्साहन गरेका थिए । मल्लले दरबारमार्गको कमाण्ड सम्हालेसँगै अवाञ्छित गतिविधिमा कमी आएको दरबारमार्गका एक व्यवसायीले बताए ।

कमलपोखरी बृत्तका प्रमुख डिएसपी चन्दलाई पनि शान्ति सुरक्षा कायम गर्न र जनताका काम कारवाही चुस्तदुरस्त गर्नमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै पुरस्कृत गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले राम्रो काम गर्ने प्रहरीको मनोबल बढाउन पुरस्कारको व्यवस्था गरेका हुन् ।

प्रत्येक महिनामा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई वितरण हुने पुरस्कार प्रदान गर्न परिसरमा छुट्टै समिति बनाइएको छ । प्रहरीले १ महिना अवधिमा आफूले गरेको कार्यसम्पादनको मूल्याङन गरेर पुरस्कारका लागि सिफारिस गर्ने गर्दछ ।