
काठमाडौं, ९ साउन । इन्डोनेसियाली नेशनल पुलिस प्रमुख प्रो. डा. एच मुहम्द तटो कर्नाभियनले चन्द्रागिरी केबलकारको अनौपचारिक भ्रमण गरेका छन् ।
चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकालले मुहम्दलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
मुहम्दले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चन्द्रागिरि पर्वतमा अति नै सुन्दर परियोजना निर्माण भएको बताए । भ्रमणका क्रममा उनले नेपालको विकासका निम्ति यस्ता धेरै परियोजना निर्माणको आवश्यकता रहेको पनि औंल्याए ।












प्रतिक्रिया