
सप्तरी, ९ साउन । राजबिराज नगरपालिका–१५ स्थित भित्री सडकमा बुधबार भएको सवारी दुर्घटनामा परी घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
को. १ ज २१४९ नम्बरको माईक्रो बस र ना. ५ ख ६१० नम्बरको बस बुधबार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा माईक्रोबसमा सवार ४५ वर्षीय राम प्रसाद खतिवडा घाईते भएका थिए । उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका अन्य तीन जनाको साही अस्पतालमा उपचार भईरहेको छ । दुबै सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया