
रुकुमका पत्रकार धनवीर दाहालको तीजको कोसेली चेलीको मर्म सार्वजनिक भएको छ ।
नेपाली हिन्दु महिलाहरुको महान चाड तीज नजीकिंदै गर्दा वर्षदिनमा चेलीले भोग्नु परेको दुःख, पिडा र मर्मलाई समेटेर चेलीको मर्म नामक तिज गीत सार्वजनिक भएको हो ।
प्रेमपूर्ण भावले भरिएको यस तिज गीतमा प्रेमी प्रेमीकाको अजम्बरी सम्बन्धलाई जोडेर चेलीको वियोगान्त मर्मलाई उठाउन खोजिएको छ । परिस्थितिले मान्छेलाई टाढा बनाएको अवस्थामा जहाँ गएपनि, जसलाई भेटेपनि दुःखै दुख भोग्नुपरेको बाध्यताको मर्मस्पर्शी कथालाई गीतमा समेटिएको छ ।
चेलीको मर्म नामक गीतको लय शब्द पत्रकार धनवीर दाहालले गर्नुभएको छ । यो गीतमा अमितबाबु रोकाय र शान्ति श्री परियारको आवाज रहेको छ । विक्रम चौहानको निर्देशनमा तयार पारिएको उक्त गीतमा बिमल अधिकारी र टिका जैसीको अभिनय रहेको छ ।















प्रतिक्रिया