
काठमाडौँ, ९ साउन । पाकिस्तानमा मतदाताको लाइन नजिकै बम विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ ।
क्वेटा प्रान्तमा भएको एक मतदान केन्द्र नजिक बिस्फोट भएको बिबिसीले उल्लेख गरेको छ । पूर्वी बाइपास नजिक नजिक रहेको मतदान केन्द्र छेउमै बिस्फोट भएको हो । घटनामा २० जना भन्दा बढी घाइते भएका छन् ।
उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा ज्यान गुमाउनेमा प्रहरी पनि रहेका छन् ।
बुधबार संसदीय तथा प्रान्तीय चुनावका लागि पाकिस्तानमा मतदान भइरहेको छ । स्थानीय समय अनुसार बिहान ८ बजेदेखि मतदाता भोट हाल्नका लागि लाइनमा छन् ।
कडा सुरक्षा व्यवस्थाका बिच पाकिस्तानमा चुनाव भइरहेको छ ।















प्रतिक्रिया