४ कार्तिक २०८३, बुधबार

पियक्कड स्टेज पर्फमरहरू

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निजी जीवनमा मदिरा सेवन नगर्ने कलाकार सायदै कम होलान् । त्यसमा महिला कलाकार पनि अति कम हुन सक्छन् । तर नेपालका केही स्टेज पर्फमरहरू भने मदिराबिना स्टेज चढ्न नमान्ने कतिपय आयोजकहरूले बताउने गरेका छन् ।

नेपालकै विभिन्न महोत्सव र मेलामा चलेका डान्सर, गायिकाले मदिरालाई प्राथमिकतामा राख्छन् । उपत्यकाबाहिर त उनीहरूको मदिराबाहेक अन्य चाहना पनि हुने गरेको भुक्तभोगीहरू बताउँछन् । ‘अरु व्यक्तिगत कुरा त थाहा छैन तर पिउनका लागि चाहीँ कतिपय चलेकै गायिकाले पनि माग गर्छन्’, एक आयोजक भन्छन्,‘पारिश्रमिक बाहेक हाम्रो ठूलो रकम कलाकारलाई पिलाउनमा पनि खर्च हुन्छ ।’

यस्ता पियक्कडहरू धेरै भए पनि सामाजिक सञ्जालमै आफुलाई पुष्टि गर्ने केही स्टेज पर्फमर छन् । केही फिल्ममा अभिनय गरेकी रिया श्रेष्ठ पिएपछि उत्तेजक नृत्य समेत देखाउँछिन् । उनी पिएर स्टेज छिर्न मन पराउँछिन् । ‘धेरैवटा कार्यक्रममा उहाँलाई हामीले पिएको देखेका छौं, त्यसपछि स्टेजमा चढ्नुहुन्छ’, एक मेला आयोजक भन्छन्,‘तर पर्फम पनि राम्रै गर्नुहुन्छ ।’

रियाले केही नेपाली फिल्ममा अभिनय गरेकी छन् । रियामात्र यस्ती पात्र होइनन् । सामाजिक सञ्जालदेखि युट्युवसम्म सेक्सी अन्दाजमा देखिनेहरूले पिउनुलाई सामान्य लिन थालेका छन् । त्यसैले अन्तरवार्ता दिँदा होस् वा सामाजिक सञ्जालमा प्रत्यक्ष आउँदा, उनीहरू वियरका ग्लास बोकेर समेत देखिने गरेका छन् ।

डान्सर चन्दा दाहाल आजभोली चर्चामा छिन् । उनको प्रस्तुतीमात्र होइन, पहिरनका कारणले पनि चर्चा पाएकी छन् । उनी पनि पियक्कड मध्येमा पर्छिन् । गायिका सरस्वती लामा पनि पियक्कड मध्येकी एक हुन् । उनले आफुलाई प्रतिरक्षा गर्नका लागि नपिउने पनि बताउने गरेकी छन् तर लाइभ प्रस्तुतीकै बेला उनले पिएका कतिपय दृश्य बाहिरिएका थिए ।
ज्योति मगरले त मलेसीया पुगेका बेला कलाकारको भिडमा वियर पिउँदै लाइभ नै देखाइन् । जसको सामाजिक सञ्जालमा व्यापक विरोध भयो । मगर स्टेज चढ्नुपूर्व एक पेग ह्विस्कि पिउन मन पराउँछिन् । यसो गर्दा स्टेजमा देखाउन सक्ने हाउभाउ र अन्दाजमा निखार आउने उनले मान्दै आएको बताइन्छ ।

अभिनेत्री सुष्मा कार्कीलाई पिउने मात्र होइन, चुरोट तान्ने पनि सौख छ । उनी कार्यक्रमपूर्व वियर पिउन मन पराउँछिन् । वियरका लागि उनको खासै ब्रान्ड छैन । तर चुरोटमा भने सेतो सूर्य नै चाहिन्छ ।