काठमाडौं, १० साउन । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोलुखुम्बुको थुलुङ्ग दुधकोसी, ताप्लेजुङ्गको पाथीभारा याङ्गवारक गाउँपालिका र सिधिङ्गवा गाउँपालिका, सुर्खेतको चौकुने र रुकुमको बाँफीकोटमा आफ्नो ५ नयाँ शाखा संचालनमा ल्याएकोे छ ।
यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको शाखा संजाल ९४, ४६ जिल्ला, ३ हस्पिटल सेवा काउन्टर, १०४ ए टि एम, २५०० भन्दा बढी रेमिटेन्स्, ५१ शाखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ व्यापक बनाउने विश्वास राखेको छ ।
शाखाको विस्तारसँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोनमार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।















प्रतिक्रिया