४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई सात लाख सहयोग

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ८ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ७ लाख २० हजार आर्थिक सहयोग उपलब्ध गराएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले ७ लाख २० हजारको चेक महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गणेश बहादुर ऐरलाई हस्तान्तरण गरे ।

प्रत्येक महिनाको पहिलो हप्ता वेस्ट पुलिस अफ द मन्थ ललितपुर कार्यक्रम संचालनका निम्ति बैंक इन्टरनेसनल लिमिटेडले हरेक महिना तीन विधामा (अपराध अनुसन्धान तथा कारबाही, प्रहरी परिचालन तथा शान्ति सुरक्षा व्यवस्थापन र जनमैत्री सामाजिक सचेतनामुलक कार्यक्रम) पुरस्कृत हुने एक/एक जना प्रहरी कर्मचारीलाई जनही बीस हजारको दरले एक वर्षका निम्ति जम्मा सात लाख बीस हजार प्रदान गरेको छ ।

यसै कार्यक्रम अन्तर्गत असार महिनाको ३ उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई सोमबार एक कार्यक्रमबीच पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेलाई बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले नगद पुरस्कार जनही २० हजार रूपैयाँ र परिसर प्रमुख ऐरले प्रशंसा पत्र प्रदान गरे ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत भण्डारीले पुरस्कृत नभएका कर्मचारीहरूले पनि आफ्नो कर्तव्यप्रति उत्कृष्ट ढङ्गले कार्यसम्पादन गरिरहेको हुदाँ निरुत्साहित नभई अर्को महिनामा पुरस्कार पाउने गरी उच्च मनोवलका साथ कार्यसम्पादन गर्न आग्रह गरे । एक वर्षका निम्ति संचालित यस कार्यक्रम अन्तर्गत आफ्नो कार्यकुशलताको प्रदर्शनले आफूलाई पुरस्कृत हुन योग्य बनाउनु भण्डारीले बताए ।

भण्डारीले सम्झौताबाट बैंक र प्रहरीबीच सहकार्य र प्रहरी मेरो साथीको भावना वृद्धि हुने विश्वास व्यक्त गरे । कर्मचारीहरुलाई अझ बढी जिम्मेवार तथा कामप्रति उत्तरदायी बनाउन उच्च मूल्यांकन र पुरस्कृत गर्ने लक्ष्य राखिएको परिसरका प्रमुख ऐरले बताए ।

अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने भण्डारीले जानकारी गराए ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।