
काठमाडौं, ८ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मंगलबार पश्चिम नेपालका विभिन्न गुल्म तथा गणहरुको निरीक्षण गरेका छन् ।
क्षत्रीले कालिकोटस्थित रणशुर गुल्म, जाजरकोटस्थित ज्वालादल गण र रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कुलको निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त गण, गुल्म र शिक्षालयको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका थिए भने सकलदर्जाहरुलाई सम्बोधन पनि गरेका थिए ।
निरीक्षण भ्रमण सम्पन्न गरी मंगलबार नै क्षत्री आजै काठमाण्डौं फर्किएका छन् । उनी सोमबार भ्रमणमा निस्किएका थिए ।












प्रतिक्रिया