४ कार्तिक २०८३, बुधबार

कौशी थिएटरमा–‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ८ साउन । बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा मञ्चन हुनेभएको छ । ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ मंगलबारबाट आगामी साउन १३ गते सम्म मञ्चन हुँदैछ ।

नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ । नाटकको संयोजन एवं निर्देशनचे शंकरले गरेका छन् ।

निर्देशक चे शंकरका अनुसार प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरू जोगाउन पहल गर्ने तथा जीवजन्तुहरुको संरक्षणमा मानिसको दायित्व उजागर गर्ने उद्देश्यसहित नाटकतयार गरिएको हो ।

बढ्दो शहरीकरणका कारण जनावरहरूले आफ्ना बासस्थान गुमाईराखेको उल्लेख गर्दै निर्देशक चे शंकरले यस विषयमा बालबालिकामा जागरण पैदा गर्न प्रयास गरिएको प्रष्ट पारेका छन् ।

नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्यअभिनय रहेको छ । गार्डेन थिएटरको उत्पादनएवं निर्माण रहेको नाटकमा प्रकाश व्यवस्थापनको जिम्मेवारी दिलजङ गुरूङपाएका छन् । साथै ध्वनी व्यवस्थापन प्रतीक केसीले गर्दै छन् ।