२१ कार्तिक २०८३, शनिबार

गण्डकी देशकै समृद्ध प्रदेश बन्छः मुख्यमन्त्री गुरुङ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-बिजय चालिसे ।
नवलपुर, ८ साउन । गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले मुलुक अर्थिक समृद्वीको बाटोमा अघि बढेको बताएका छन् ।

संयुंक्त एम्बुलेन्स चालक संघ नेपाल जिल्ला शाखा नवलपरासीको दोस्रो अधिवेशनको मंगलबार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले राजनितिक आन्दोलन समाप्त भैसकेकाले अब आर्थिक सम्वृद्वी मार्फत मुलुकलाई समुन्नत बनाउनतर्फ अग्रसर भएको बताए ।

गुरुङले गरिबी अन्त्य गर्दै मुलुकलाई शान्त, समुन्नत र सम्वृद्व बनाउनतर्फ प्रदेश सरकार लागिरहेको बताए । उनले मुलुकका ७ वटा प्रदेश मध्ये गण्डकी प्रदेशलाई सबैभन्दा सम्वृद्व बनाउने अभियानमा आफु लागेको स्पष्ट पारे ।

अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा, साँस्कृतिक, पर्यटकिय एंव धार्मिक स्थलहरु रहेको स्मरण गर्दै उनले अतिथी देवो भवमा यस प्रदेश सबैभन्दा अगाडी रहेको दावी गरे ।

देशमै सबैभन्दा पहिला होम स्टेको सुरुवात गण्डकी प्रदेशकै लमजुङको घलेगाँउबाट सुरु भएको भन्दै मुख्यमन्त्री गुरुङले अहिले गण्डकी प्रदेशका अन्य जिल्लाहरुमा पनि होम स्टे सुरुवात गरेपछि पर्यटकहरुको आकर्षण बढेको दावी गरे ।

उनले नवलपुरको कावासोतीमा रहेको अमलटारी होम स्टेको पुर्वाधार विकासका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । सोमबारदेखि नवलपुर भ्रमणमा रहेका मुख्यमन्त्री गुरुङ मंगलबार प्रदेश राजधानी पोखरा फर्कने कार्यक्रम छ ।