४ कार्तिक २०८३, बुधबार

सल्यानमा ५८ करोड बढी रकम फ्रिज, गत बर्ष भन्दा ३० प्रतिशत बढि राजश्व

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-मिना बुढाथोकी

सल्यान, ८ साउन । सल्यानमा गत आर्थिक वर्ष ०७४/०७५ मा यस जिल्लामा ५८ करोड बढी रकम फ्रिज भएको छ । गत आवका लागि विनियोजित कुल रकमको करिब १२ प्रतिशत फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानले जनाएको छ ।

गत आर्थिक वर्षमा विनियोजित जम्मा रकम ५ अर्ब ९ करोड ५९ लाख बजेट मध्ये ५८ करोड २५ लाख ७६ हजार बढी रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका सूचना अधिकारी बुद्धिमान बस्नेतले बताए ।

गत आर्थिक वर्षलाई विनियोजित बजेटको ८८ प्रतिशत रकम मात्र खर्च भएको उनले जानकारी दिए । कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका अनुसार ५ अर्ब ९ करोड ५९ लाख बजेट विनियोजन भएकोमा ४ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।

जस अन्तरगत चालूतर्फ ४ अर्ब ६५ करोड ४० लाख र पूँजीगततर्फ ४४ करोड १८ लाख रुपैयाँ भएको कार्यालयले जनायो । चालूतर्फ विनियोजित रकमको ८९ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ विनियोजित रकमको ७८ प्रतिशत खर्च भएको छ ।

गत बर्ष भन्दा ३० प्रतिशत बढि राजश्व

कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार जिल्लामा यस बर्ष १२ करोड १ लाख ७५ हजार ९ सय ५७ रुपैँया ७३ पैसा राजश्व संकलन भएको छ । जुन गत वर्षको भन्दा ३० प्रतिशतले बृद्धि भएको देखिन्छ । कोलेनिकाले कर कटौतीमा कडाई गर्नुका साथै, मालपोतमा जग्गापास बढेको, प्रशासनमा राहदानी बनाउनेको संख्या बढेको र ट्राफिकले कारवाहीको दायरा बढाएपछि गत बर्ष भन्दा ३० प्रतिशत बढि राजस्व संकलन भएको सम्बन्धित कार्यालयले जनाएका छन् ।

गत आर्थिक वर्ष ०७३/०७४ मा यहाँका विभिन्न कार्यालयबाट ९ करोड ४३ लाख ९० हजार राजश्व संकलन भएकोमा यस आर्थिक वर्ष ०७४÷०७५ मा १२ करोड १ लाख ७५ हजार राजश्व संकलन भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

कोलेनिका, मालपोत, शिक्षा, प्रशासन, वन, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालयले सबैभन्दा बढि राजश्व संकलन गरेका छन । कोलेनिकाले ६ करोड ८० लाख ८२ हजार, मालपोतले १ करोड २४ लाख २१ हजार, जिल्ला शिक्षा कार्यालयले ८१ लाख १७ हजार, प्रशासनले ५३ लाख ३७ हजार, जिल्ला प्रहरी कार्यालयले ५५ लाख ४७ हजार, ट्राफिक कार्यालय सितलपार्टीले ५४ लाख ८० हजार राजस्व संकलन गरेका छन ।

कोष तथा लेखानियन्त्रक कार्यालय सल्यानका प्रमुख बिनोद अधिकारीका अनुसार जिल्ला अदालतले १४ लाख १२ हजार, निर्वाचन कार्यालयले ६ लाख ५३ हजार, सरकारी वकिलको कार्यालयले २७ हजार, घरेलुले ३४ लाख ७४ हजार, कृषिले ४३ हजार, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले २ लाख २५ हजार, खानेपानीले १६ हजार, अनुसन्धानले २१ हजार, ईलाका प्रहरी कार्यालय थारमारेले १६ हजार ७ सय, ईप्रका लुहामले २६ हजार ६ सय, शिक्षा बिकास समन्वय ईकाईले २१ लाख ७ हजार, पसु कार्यालयले ६९ हजार, वनस्पती कार्यालयले १३ हजार ८ सय, भूसंरक्षणले १६ हजार ८ सय, पहाडी साना किसानका लागि अनुकुलनले १ लाख ४३ हजार राजश्व संकलन गरेका छन् ।

यस्तै नापीले ८ लाख २३ हजार, महिला बिकासले ३० हजार ३ सय, भगवतीप्रसाद गुल्मले ३९ हजार ३ सय, सिचाईले ५ लाख, हुलाकले १० लाख ९४ हजार, प्राबिधिक कार्यालयले ३ लाख २२ हजार, जिल्ला समन्वय समितीले १५ लाख ३२ हजार, जिल्ला अस्पतालले २ लाख ४४ हजार, बागचौर नगरपालिकाले २० लाख ७२ हजार, कुमाख गाउ“पालिकाले १ लाख ७४ हजार, छत्रेस्वरीले १ लाख ३ हजार र दार्मा गाउ“पालिकाले ९६ हजार ४ सय राजस्व संकलन गरेको कोलेनिका सूचना अधिकारी बुद्धि बस्नेतले जानकारी दिए ।