
काठमाडौं, ७ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले बांकेमा बनेको नयाँ सैनिक अस्पतालको उद्घाटन गरेका छन् ।
नेपालगञ्ज स्थित राँझामा बहालवाला तथा भु.पू.सैनिक र तिनका आश्रित परिवारहरुको स्वास्थ्य उपचारको लागि नवनिर्मित ५० बेड क्षमताको सैनिक अस्पतालको सोमबार क्षेत्रीले उद्घाटन गरेका हुन् ।
मिति २०७४ बैशाख ३ गतेबाट निर्माण सुरु भएको उक्त अस्पताल हालमात्र सञ्चालन योग्य बनेको हो ।
१४ रोपनी ८ आना क्षेत्रफलमा बनेको उक्त अस्पतालमा हाल जनरल मेडिकल, डेन्टल, प्याथोलोजी र रेडियोलोजी सेवाहरु रहेका छन् भने एनेस्थेसिया, सर्जन, अर्थाे र गाईनो सेवा विस्तार गर्दै लैजाने योजना रहेको छ ।
सो क्रममा क्षत्रीले बांके जिल्लामा तैनाथ श्रीमेहर गण, ऐ. जिल्लामा तैनाथ नंं.४ बाहिनी अड्डा तथा डोटी जिल्लामा तैनाथ सुदुर पश्चिम पृतना हे.क्वा.को निरीक्षण भ्रमण समेत गरेका छन् ।












प्रतिक्रिया