२ कार्तिक २०८३, सोमबार

माछापुछ्रे बैंकको टोखामा वृक्षारोपण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ साउन । माछापुछ्रे बैंक लिमिटेडले सोमबार टोखामा वृक्षारोपण गरेको छ । बैंकले टोखा नगरपालिका, वडा नं. २ स्थित सपनतीर्थ मन्दिर परिसरमा वृक्षारोपण गरेको छ ।

बैंकले सफा, सुन्दर र हरियाली वातावरण बनाउन टोखा नगरपालिका, प्रगतिशिल धारा सुधार समिति र सपनतीर्थ क्षेत्र विकास समितिसँगको सहकार्यमा उक्त वृक्षारोपणकार्यक्रम सम्पन्न गरेको हो ।

उक्त वृक्षारोपण कार्यक्रमको उद्घाटन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले गरे । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले वृक्षारोपणमा सहभागी जनाए ।

बैंकले ८३ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २१ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १०६ स्थानबाट बैंकिङ् सुबिधा प्रदान गरीरहेको छ । बैंकका देशभर ९७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।