२१ कार्तिक २०८३, शनिबार

कानुनमन्त्री तामाङलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने काँग्रेस महिला सांसदको चेतावनी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गरेर सांसदहरुले यस्तो माग गरेका छन् । काँग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले नारीको अस्मिता मिच्ने र कानुनको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानुनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिन् ।

उनले भनिन्, ‘वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाईरहेको छ, अधिनायकवादी र अपहरणवादी शैलीमा आफ्ना क्रियाकलापहरु अघि बढाईरहेको छ, पछिल्लो समयमा प्रधानमन्त्री र मन्त्रीहरु के बोल्ने र के नबोल्ने ? भन्नेबारे जानकार छैनन् ।’

सरकारकै मन्त्रीहरुले नारीहरुको अस्मितामाथि प्रश्नचिन्ह खडा गरिहरको आरोप लगाउँदै उनले थपिन्, ‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली चेलीहरुले शरिर सुम्पेर मात्रै मार्कसिट प्राप्त गर्छन भन्नेजस्ता गैर–जिम्मेवार र अपमानपूर्ण अभिव्यक्तिहरुको सरकारले की पुष्टि गर्नुपर्यो, होईन भने जथाभाबी बोल्ने मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

त्यस्तै सांसद लक्ष्मी परियारले सरकारले कानुन बमोजिम कानुनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिइन् । उनले भनिन्, ‘सरकार, सरकारका मन्त्री र सरकारका आसेपासेहरुले कानुन तथा नियमको ख्याल नगरी नारीको अस्मितामाथि धावा बोल्ने काम गरिहरको छन्, यो हामीलाई स्विकार्य छैन, २१ शताब्दीको महिलाका प्रगतिहरुलाई ओझेलमा पार्ने र हेपहा मनस्थितिले आएका गैर–जिम्मेवारपूर्ण अभिव्यक्तिहरुको हामी घोरभत्र्सना र बिरोध गर्दछौं, माफी र मन्त्रीको राजीनमाले मात्रै पुग्दैन, उनलाई कानुन अनुसार कडा सजाय हुनुपर्छ ।’

कार्यक्रममा अर्की सांसद विजया श्रेष्ठ केसीले कानूनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताएकी छिन् । प्रदेश सभाका सांसदहरु निर्मला क्षेत्री, कल्पना नेपाली, राधा घले, महिला नेतृहरु रजनी जोन्छे, नानू बास्तोला शिवाकोटी, गंगा दाहाल, गंगा अधिकारी, सरु बानियाँ लगायतकले कानुन मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेका छन् ।