२१ कार्तिक २०८३, शनिबार

रोटरी क्लब अफ पाटन वेस्टको २३औं पदस्थापन कार्यक्रम सम्पन्न

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ साउन । रोटरी क्लब अफ पाटन वेस्टको २३औं तथा रोटराक्ट क्लब अफ पाटन वेस्टको १८ औं संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।

रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटानका फस्ट डिस्ट्रिक गभर्नर डाक्टर टीकामान वैद्यको प्रमुख आतिथ्यता सप्पन्न
कार्यक्रममा बिशेष अथितीको रूपमा रोटरी इन्टरनेशनलका रोटरी रिजनल फाउन्डेशन कोअर्डिनेटर बिजय जलानको उपस्थिति रहेको थियो ।

समारोहमा स्वागत मन्तब्य पूर्वअध्यक्ष तथा वर्तमान कोषाध्यक्ष डाक्टर विनोदबहादुर खत्रीले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि डा.टीकामान वैद्यले नवनिर्वाचित अध्यक्ष सुरेन्द्र शाही ठकुरी तथा रोटराक्ट क्लब अफ पाटन वेस्टको अध्यक्ष आयुश्मा मल्ल ठकुरीलाई रोटरी कोलार माला लगाई सपथ ग्रहण गराएका थिए । चार्टर प्रमाण पत्र रोटरी इन्टरनेशनलका रिजनल फाउन्डेशन कोअर्डिनेटर बिजय जलानले प्रदान गरेका थिए ।

रोटरी क्लब पाटन वेस्टका निवर्तमान अध्यक्ष वरिष्ठ अधिवक्ता चन्देश्वर श्रेष्ठ तथा रोटराक्ट क्लब पाटन वेस्टका निवर्तमान अध्यक्ष किरण पराजुलीले गाबल र गङ प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए ।

नव निर्वाचित अध्यक्षको सपथ ग्रहण पश्चात वर्ष २०१८–१९ का बोर्डका पदाधिकारीहरूलाई अध्यक्ष सुरेन्द्र शाही ठकुरीले सपथ ग्रहण गराएका थिए । रोटराक्ट क्लब अफ पाटन वेस्टको पदाधिकारीहरूलाई आयुष्मा मल्ल ठकुरीले सपथ ग्रहण गराएका थिइन।

रोटरी इन्टरनेशनल ३२९२ नेपाल–भुटानका पूर्वडिस्ट्रिक गभर्नरहरू रत्नमान शाक्य, तीर्थमान साक्य, योगेन्द्रमान प्रधान, केशव कुँवर, दिलेन्द्रराज श्रेष्ठ, जयाराज्य लक्ष्मी शाह, निवर्तमान डिस्ट्रिक गभर्नर सन्जय गिरी, डिस्ट्रिक गभर्नर नोमीनी राजीव पोखरेल तथा वर्तमान डिस्ट्रिक गभर्नर चिन्तामणि भट्टराईको उपस्थिती रहेको थियोे ।

६ जना नयाँ सदस्यको परिचय पूर्वअध्यक्ष तथा क्लब मेन्टर प्रदीपमान वैद्यले गरेका थिए । सदस्यहरूलाई ईनडक्ट असिस्टेन्ट गभर्नर प्रकाशचन्द्र प्रधानले गराएका थिए ।

अध्यक्ष सुरेन्द्र शाही ठकुरीको अध्यक्षतामा गठित संचालक समितिमा निवर्तमान अध्यक्ष वरिष्ठ अधिबक्ता चन्डेश्वर श्रेष्ठ, प्रेसिडेन्ट इलेक्ट नरेश बिक्रम सिजापती, उपाध्यक्ष ओमकाजी शाक्य, सचिव आभास प्रधान, कोषाध्यक्ष डा.विनोदबहादुर खत्री, सहसचिव शिवनारायण सिंह, सार्जेन्ट एण्ड आर्म केशवनन्द जोशी, डाईरेक्टर चेयर क्लब एडमिनिस्ट्रेसन अशोकमान शक्य, डाईरेक्टर चेयर मेम्बरसीप डेभलपमेन्ट तेज बज्र बज्रचार्य, डाईरेक्टर चेयर पब्लिक इमेज तथा ईडिटर कीर्तिनाथ मास्के, डाईरेक्टर चेयर रोटरी फाउन्डेशन सिद्धिबहादुर शाक्य, डाईरेक्टर चेयर सर्भिस प्रोजेक्ट कृष्ण शाह, डाईरेक्टर चेयर युथ सर्भिस मधुसुदन बिष्ट, क्लब मेन्टर तथा ट्रेनर प्रदीपमान वैद्ध र सल्लाहकारमा प्रहलादकृष्ण मानन्धर, डा.मदनकुमार पिया र विजयलाल श्रेष्ठ रहेका थिए ।

ललितपुरको अगेनो रेस्टुरेन्टमा शनिबार आयोजित भब्य समारोहमा अध्यक्ष ठकुरीको परिचय प्रेसिडेन्ट इलेक्ट पूर्वकर्णेल नरेश बिक्रम सिजापतीले गराएका थिए ।

आफ्नो स्विकारोक्ति मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष ठकुरीले सामाजिक सेवा कार्यमा अग्रणी भूमिका खेल्दै आएको क्लबको २३ औँ र पहिलो डिस्ट्रिक गभर्नर भएको क्लबमा सबभन्दा कान्छो अध्यक्षको रुपमा पदस्थापित हुन पाएकोमा आफूलाई गर्व महसुस भएको बताए ।