
काठमाडौँ, ६ साउन । सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिने योजना ल्याएको छ ।
यो योजना अन्र्तगत सानिमा बैंकको मुख्य कार्यालय नक्साल लगायत देशै भरीका ७३ शाखाहरुबाट महिला ग्राहकहरुलाई विशेष उपहार प्रदान गरिने छ ।
यो योजना साउन महिना भरी चल्ने भने साथै बैंकले निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई उपचारका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ नबढ्नेगरि सहयोग गर्दै आएको छ । यसका लागि बैंकले पाटन अस्पतालसँग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराइदै आएको छ ।
बैंकले ग्राहकहरुलाई बचत खातामा वार्षिक ७ प्रतिशत सम्मको उच्चतम ब्याज उपलब्ध गर्दै आएको छ । ग्राहकहरुको साथलाई ध्यानमा राखेर बैंकले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।
साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत सानिमा बैंकले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य विभिन्न कार्यक्रमहरु पनि गर्दै आएको छ ।















प्रतिक्रिया