२ कार्तिक २०८३, सोमबार

ऐरावती गाउँपालिकाको बरौलामा मेगा बैंकको १०१ औं शाखा

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ६ साउन । मेगा बैंक नेपाल लिमिटेडले प्युठान जिल्लाको ऐरावतीे गाउँपालिकाको वडा नम्बर २ को बरौलामा नयाँ शाखा विस्तार गरेको छ ।

गाउँ–गाउँमा शाखा सञ्जाल विस्तार गर्ने क्रममा मेगा बैंकले प्युठान जिल्लाका ऐरावतीे गाउँपालिकाको बरौलामा नयाँ शाखा विस्तार गरेको हो । ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा अब मेगा बैंकले रफ्तार लिने सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।

नेपाल राष्ट्र बैकले ग्रामिण भेगको १८ क्षेत्रहरुमा शाखा खोल्नु पर्ने दिएको निर्देशन अनुसार मेगा बैंकले सबै क्षेत्रहरुमा शाखा खोलिसकेको जानकारी गराइन् । मेगा बैंकले छोटो समयमै ग्राहकहरुको विश्वास आर्जन गर्न सफल भएको भन्दै उनले आकर्षक सुविधाहरुसहित मेगा बैंकलाई नयाँ ढंगले अघि बढाउने बताइन् ।

‘हलोदेखि हाइड्रोसम्म’ मुख्य नारा लिएको मेगा बैंकले स्थापनाको आठौँ बर्षमा १०१ वटा शाखा विस्तार गरेको हो भने टुरिजम डेभलपमेन्ट बैंक र पश्चिमाञ्चल विकास बैंकलाई आफूमा गाभिसकेको छ ।

मेगा बैंकको देशभर १४ एक्टेन्सन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल, ७४ वटा एटीएम छन् । बैंकिङ सुविधा नपुगेका ग्रामीण भेगमा अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले शाखा विस्तारलाई तीव्रता दिइरहेको जनाएको छ ।