२१ कार्तिक २०८३, शनिबार

लागुऔषधसहित काठमाडौं र दाङबाट ३ जना पक्राउ

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । लागुऔषध कारोबारमा संलग्न दुई जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

सिन्धुली डंगा गाउँपालिका–९ बस्ने २० वर्षीय दिनेश राउत र सुनसरी ईटहरी उपमहानगरपालिका–४ बस्ने २६ वर्षीय रमेश श्रेष्ठलाई प्रहरीले आईतबार गढुङगास्थित चेक पोइन्टबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लागूऔषध नाईट्राजेपाम ९ सय ७० एम्पुल, लुपिजेसिक २० एम्पुल, फेनारगन २१ एम्पुल र डाईजेल्याब १९ एम्पुल बरामद गरेको छ ।

काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको ना.६ प ख ३२६८ नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

उता
दाङको तुल्सीपुर उपमहानगरपालिका–५ बसपार्कस्थित लक्ष्मी होटल अगाडीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोही स्थान बस्ने २३ वर्षीय कमल के.सी. लाई लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ सय मिलिग्राम सहित आइतबार प्रहरीले पक्राउ गरेको हो ।