
काठमाडौं, ६ साउन । ब्राजिल लैजान्छु भन्दै ६ जनालाई भारत पूर्याएर अलपत्र पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सुर्खेत डाँडाखाली–४ घर भई हाल काठमाडौं, पेप्सीकोला बस्ने ४४ वर्षीय सागर भनिने लिल बहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको हो । मल्ललाई अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि ५ दिनको म्याद थपेको प्रहरी जानकारी दिएको छ ।
उनलाई मानव बेचबिखन तथा ओसारपसार ऐन अनुसार मुद्दा चलाउने प्रहरीको तयारी छ ।












प्रतिक्रिया