२१ कार्तिक २०८३, शनिबार

नागेश्वरमा साउने मेलाको तयारी, बिहान ५ बजेदेखि चारै ढोका खुला हुने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ,६ साउन । कामपा–३२ स्थित नागेश्वर महादेव मन्दिरमा साउने सोमबारका दिन दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि बिहान ५ बजेदेखि नै मन्दिरको चारै ढोका खुला राखिने भएको छ ।

साँझको सन्ध्याकालीन आरती ६ः३० देखि ७ः३० बजेसम्म हुनेछ । वागसिंह रायले विसं १८८१ मा स्थापना गरेको मन्दिरमा गत साल भारतीय तीर्थ यात्रीसहित झण्डै पाँच लाख भक्तजनले दर्शन गरेको नागेश्वर तथा वाणेश्वर महादेव व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो ।

नागेश्वर महादेवको दर्शन गर्नाले मुद्दामामिला आदि झञ्झटबाट छुट्कारा पाउनाका साथै सन्तानलाभ र श्रीप्राप्ति हुने विश्वास छ । नागेश्वरमा हरेक बिहान वैदिक विधिपूर्वक रुद्री र साँझ आरती हुने गर्छ ।

वाणेश्वर महादेव, गोलढुंगानामा पनि सोमबारे मेला लाग्ने बताइएको छ । –रासस