२१ कार्तिक २०८३, शनिबार

आधा दर्जन बढि कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री गुरुङ्ग नवलपुर आउँदै

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बिजय चालिसे

नवलपुर, ६ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्ग विभिन्न कार्यक्रममा सहभागि हुन सोमबार नवलपुर पुग्दैछन् । नवलपुरमा हुने दुई दिने विभिन्न कार्यक्रममा सहभागी हुन सोमबार कावासोती आईपुग्ने कार्यक्रम रहेको नेकपाका जिल्ला नेता जीवन श्रेष्ठले जानकारी दिए ।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ को ४० औं स्मृती दिवसका अवसरमा नवलपुरको कावासोतीमा सोमबार आयोजना हुने कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री गुरुङ्ग नवलपुर आउन लागेको नेता श्रेष्ठको भनाई छ ।

पुष्पलालको शालिकमा माल्यार्पण गर्नुका साथै स्मृती सभालाई सम्बोधन गरेपछि मुख्यमन्त्री गुरुङ्गले सोमबार नै जिल्लाका कार्यालय प्रमुखहरुसँग भेटघाट गरि जिल्लामा भएका कामहरुका बारेमा जानकारी लिनुका साथै आम नागरिकलाई प्रभावकारी सेवा दिन सम्बन्धित निकायका प्रमुखहरुलाई निर्देशन दिने कार्यक्रम रहेको छ ।

कार्यालय प्रमुखहरुको भेट सकिएलगत्तै मुख्यमन्त्री गुरुङ्गले जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख उपप्रमुखलाई भेटेर आ–आफ्नो स्थानीय तहमा भैरहेका विकास निर्माणका कामहरुका बारेमा जानकारी लिने कार्यक्रम रहेको छ ।

त्यस लगत्तै मुख्यमन्त्री गुरुङ्ग गण्डकी प्रदेशको मुख्य नाकाका रुपमा हेरिएको छोटी भन्सार कार्यालय त्रिवेणीको अनुगमन अवलोकन गर्ने कार्यक्रम तय गरिएको नेता श्रेष्ठले बताए । गण्डकी प्रदेशको मुख्य नाकाका रुपमा हेरिएको यस छोटी भन्सार कार्यालयबाट खासै केहि काम हुने गरेको छैन । कार्यालयले साना सवारी साधनको सुविधा (भारतबाट नेपाल प्रवेश गर्ने सवारी साधनलाई अस्थायी अनुमति) दिने काम मात्र गर्दै आएको छ ।

छोटी भन्सारको अवलोकन गरिसकेपछि मुख्यमन्त्री गुरुङ्ग पवित्र तिर्थस्थल गजेन्द्र मोक्ष दिव्य धाम जाने कार्यक्रम रहेको नेता श्रेष्ठले बताए । सोमबार त्रिवेणीमै बास बस्ने र मंगलबार कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री गुरुङ्ग फेरी सदरमुकाम कावासोती पुग्नेछन् ।

मंगलवार एम्बुलेन्स चालकहरुको साधारण सभामा सहभागि हुने र त्यसपछि विक्रम सम्वत २०५० जेठ ३ गते तत्कालिन एमाले महासचिव मदन भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रीतको दासढुङ्गा जीप दुर्घटनामा ज्यान गएपछि पार्टीले आयोजना गरेको देशब्यापि प्रदर्शन र चक्काजाममा सहभागि हुँदा मारिएका यम बहादुर कार्की र पूर्ण बहादुर परियारको शालिकसहित कावासोती १६ डण्डामा तयार पारिएको सहिद पार्कको अनावरण गर्ने कार्यक्रम रहेको नेता श्रेष्ठले जानकारी दिए । मुख्यमन्त्री गुरुङ्ग मंगलबार नै प्रदेश राजधानी पोखरा फर्कने कार्यक्रम छ ।