२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति क्षत्रीले गरे श्री नं.३ बाहिनी अड्डाको निरीक्षण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं, ४ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले शुक्रबार खैरेनीटारस्थित श्री नं.३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका छन् ।

प्रधानसेनापति क्षत्रीले उक्त बाहिनी अड्डाको बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका हुन् । उनले निरीक्षण भ्रमणका क्रममा सकलदर्जाहरुलाई सम्बोधन पनि गरेका थिए ।

निरीक्षण भ्रमण सम्पन्न गरी उनी शुक्रबार नै काठमाण्डौँ फर्केका छन् । निरीक्षण भ्रमणको सिलसिलामा उनी बिहिबार रुपन्देही स्थित मध्य पश्चिम पृतना प्रस्थान गरेका थिए ।