
काठमाडौँ, ४ साउन । सानिमा बैंकले ग्राहकहरुको सुविधालाई ध्यानमा राखि सानिमा अनलाइन कर्जा सिमा परीक्षण तथा कर्जा आवेदन दिने प्रविधि ल्याएको छ ।
यस प्रविधि अन्र्तगत कम्प्युटर, मोवाइल ट्यावलेट जस्ता उपकरणहरुको प्रयोग गरी घरै बसि आफ्नो कर्जा सिमा थाहा पाउन सकिन्छ साथै कर्जा आवेदन पनि दिन सकिनेछ । यस प्रविधिको प्रयोग गरि कर्जा आवेदन गर्ने ग्राहकलाई कर्जा सेवा शुल्कमा आकर्षक छुटको व्यवस्था गरिएकोे छ ।
सानिमा बैंकले ग्राहकको सुविधाका लागि नयाँ प्रविधिको प्रयोग गर्दै आएको छ । चेक जम्मा गर्ने KIOSK, Mobile Money transfer, Secure EMV Chip Card जस्ता प्रविधि बैंकले पहिले नै ल्याइसकेको छ । साथै यो प्रविधिमार्फत ग्राहकले कर्जा सिमा थाहा पाउने र कर्जा आवेदन दिने हुँदा कर्जा प्रक्रिया अझ सजिलो हुनेछ ।
यो सेवा प्रयोग गर्न बैंकको वेबसाइट www.sanimabank.com मा लगईन गर्नुपर्ने हुन्छ । सानिमा बैंकको हाल ७४ शखा, १ एक्सटेन्सन काउन्टर र ६९ एटीएम रहेको छ ।















प्रतिक्रिया