४ कार्तिक २०८३, बुधबार

सल्यानमा ८८ प्रतिशत बजेट खर्च

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, ४ साउन । सल्यानमा आर्थिक वर्ष ०७४÷०७५ लाई विनियोजित बजेटको ८८ प्रतिशत रकम खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा जम्मा ५ अर्ब ९ करोड ५९ लाख बजेट विनियोजन भएकोमा ४ अर्ब ५१ करोड ३३ लाख रुपैयाँ खर्च भएको छ ।

जस अन्तरगत चालूतर्फ ४ अर्ब ६५ करोड ४० लाख र पूँजीगततर्फ ४४ करोड १८ लाख रुपैयाँ भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सल्यानका सूचना अधिकारी बुद्धिमान बस्नेतले बताए । चालूतर्फ विनियोजित रकमको ८९ प्रतिशत खर्च भएको छ भने पूँजीगततर्फ ७८ प्रतिशत खर्च भएको छ ।

गत आवका लागि विनियोजित कुल रकमको करिब १२ प्रतिशत फ्रिज भएको छ । विनियोजित जम्मा रकमको ५८ करोड २५ लाख ७६ हजार बढी रुपैयाँ फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार जिल्लामा यस बर्ष १२ करोड १ लाख ७५ हजार ९ सय ५७ रुपैँया ७३ पैसा राजश्व संकलन भएको छ ।