१० कार्तिक २०८३, मंगलबार

महेशपुर छोटी भन्सारद्धारा आठ करोड राजश्व संकलन

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, ४ साउन । पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ ।

छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ ।

आव २०७३/७४ मा रु पाँच करोड राजश्व संकलन भएको थियो । आव २०७३/७४ को तुलनामा आव २०७४/७५ मा रु तीन करोड ६९ लाख, ८६ हजार बढी राजश्व संकलन भएको थियो ।

सरकारले केही दिनअघि साउन १ गतेदेखि लागू हुने गरी उक्त छोटी भन्सारलाई मूल भन्सारका रुपमा स्तरोन्नति गरेको थियो । –रासस