२१ कार्तिक २०८३, शनिबार

प्रधानसेनापति राजेन्द्र क्षत्रीद्वारा पृतना, गाण र गुल्मको अनुगमन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ साउन । प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले बिहीबार रुपन्देही जिल्लामा रहेको मध्य नेपाल पृतना हेडक्वार्टरको अनुगमन गरेका छन् ।

यसैगरी, पूर्वी रुकुम जिल्लामा रहेको खड्गदल गण र गुल्मी रहेको वीरभद्रजंग गुल्मको निरीक्षण भ्रमण पनि गरेका छन् ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले उक्त पृतना, गण तथा गुल्मको बस्तुस्थिति, तालिम, वन्दोवस्ती लगायत अन्य विविध पक्षबारे जानकारी लिएका छन् ।

निरीक्षण भ्रमण पश्चात प्रधानसेनापति क्षत्री बिहीबार पोखरास्थित पश्चिम पृतना हेडक्वार्टरमा पुगेका छन् ।

आज पोखरामै बस्ने उनले भोली खैरेनीटारस्थित श्री नम्बर ३ बाहिनी अड्डाको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।