४ कार्तिक २०८३, बुधबार

रुकुम पश्चिममा करिब ७५ करोड रकम फ्रिज

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रुकुम, ३ साउन । रुकुम पश्चिममा गत आर्थिक वर्षका लागि विनियोजित गरिएको ठूलो रकम फ्रिज भएको छ ।

कोष लेखा नियन्त्रक कार्यालय रुकुम पश्चिमको तथ्याङ्क अनुसार ७४ करोड ४५ लाख ८६ हजार ८ सय ८३ रकम फ्रिज भएको हो । कर्मचारीको तलब भत्ता, सामाजिक सुरक्षा तथा समयमै कार्य सम्पादन नभएकाले ठूलो रकम फ्रिज भएको कोष नियन्त्रक इश्वरी प्रसाद ढकालले बताए ।

गत आर्थिक वर्ष ०७४/७५ का लागि नेपाल सरकारको तर्फबाट रुकुम पश्चिमका लागि पठाएईको अख्तियारी रकम मध्ये खर्च नभई फ्रिज भएको रकमको तथ्याङ्क कोष लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको हो ।

कार्याकलयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार रुकुम पश्चिममा कुल बजेट ५ अर्ब ४४ करोड ४९ लाख २४ हजार २ सय ४५ मध्ये ४ अर्ब ७० करोड ३ लाख ३७ हजार ३ सय ६१ खर्च भएको छ । जसअन्र्तगत ७४ करोड ४५ लाख ८६ हजार ८ सय ८३ रकम फ्रिज भएको बताईएको छ ।

उक्त खर्च रकम मध्ये चालू खर्च तर्फ विनियोजित रकम ४ अर्ब ६१ करोड १३ लाख ७१ हजार ६ सय ५० मध्ये ४ अर्ब १ करोड ९० लाख १ हजार ९ सय ४६ खर्च भएको छ । पूजीँगततर्फ भने विनियोजित बजेट ८३ करोड ३५ लाख ५२ हजार ६ सय मध्ये ६८ करोड १३ लाख ३५ हजार ४ सय खर्च भएको छ ।

यस्तै राजश्वतर्फ रुकुम पश्चिमले आर्थिक वर्ष ०७४÷७५ मा १० करोड ४१ लाख ९६ हजार ७ सय २० आम्दानी रकम जम्मा गरेको छ ।