४ कार्तिक २०८३, बुधबार

विराटनगर भन्सारको राजस्व लक्ष्यभन्दा बढी

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ३ साउन । विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४÷७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ ।

कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ ।

विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ रु १३ अर्ब ४४ करोड ९२ लाखको लक्ष्यमा रु १३ अर्ब ८५ करोड २४ लाख राजस्व संकलन गरिएको छ ।

यसैगरी, मूल्यअभिवृद्धि करतर्फ रु १३ अर्ब २२ करोड ५७ लाख उठाउने लक्ष्य रहेकोमा रु १७ अर्ब ५३ करोड १३ लाख राजस्व संकलन गरिएको छ ।

यस्तै, अन्तःशुल्कको वार्षिक लक्ष्य रु चार अर्ब ५६ करोड ९९ रहेकोमा रु एक अर्ब ४२ करोड ८८ लाख राजश्व संकलन भएको छ । -रासस