२ कार्तिक २०८३, सोमबार

३१ हजार सवारी कारबाहीमा, २ करोड राजश्व संकलन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सीताराम चौधरी

कपिलवस्तु, ३ साउन । कपिलवस्तुमा यसवर्ष ३१ हजार ४सय ९९ सवारी कारबाहीमा परेका छन् । ट्राफिक नियम उलंघन गरेका ती सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले कारवाही गरेको हो ।

जिल्ला ट्राफिकले आर्थिक वर्ष २०७४/०७५ मा सवारी कारबाहीबाट १ करोड, ८४ लाख ५२ हजार ५सय रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी निरीक्षक बाबुराजा पन्तले जानकारी दिए ।

गत आर्थिक वर्ष २०७३/०७४ मा कूल २६ हजार ५सय १३ सवारी कारबाहीमा परेका थिए । त्यसको दाँजोमा यसवर्ष ४हजार ९सय ८६ बढी सवारी कारबाहीमा परेका छन् – प्रहरी निरीक्षक पन्तले भन्नुभयो । जसबाट २८ लाख ७ हजार रुपैयाँ बढी राजश्व असुली भएको छ ।

सवारी कारबाहीमा यसवर्ष सबैभन्दा बढी ट्रक परेका छन् । ट्रक मात्र २१ हजार १सय ४४ वटा कारबाहीमा परेका छन् । भने दोस्रोमा मोटरसाइकल ४हजार ४सय ७४ वटा कारबाहीमा परे ।

यसैगरीे कारबाहीमा परेका बसको संख्या १हजार २सय ७३, जीप/कारको संख्या १हजार ९सय १९ र ट्रेक्टरको संख्या २हजार ६सय ८६ रहेको ट्राफिकले जनाएको छ । ट्राफिक नियम उलङ्घन गरेका, ओभरलोड र मापदण्ड विपरीत कार्य गरेका सवारीलाई कारवाही गरिएको प्रहरी निरीक्षक पन्तले बताए ।

यता आर्थिक वर्ष २०७४/०७५ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३६ जना कारबाहीमा परेका छन् । जसबाट ट्राफिकले ३६ हजार राजश्व असुली भएको ट्राफिकले जानकारी दिएको छ । गतवर्ष भने ३१ जनालाई मापसे कारबाही हुँदा ट्राफिकले ३१ हजार रकम असुली गरेको थियो ।