
काठमाडौँ, २ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यो वर्षको बिपीए अवार्ड पाएको छ ।
नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले यसपालीको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपीए) अवार्ड प्रदान गरेको हो । आइक्यानले हरेकबर्ष प्रदान गर्ने यो अवार्ड बैंकिङतर्फ सिटिजन्स बैंक इन्टरनेशनलले पाएको हो ।
बैंकिङतर्फ उत्कृष्ट वार्षिक प्रतिवेदन २०१७ प्रस्तुत गरेकामा बैंकलाइ सम्मानसहित अवार्ड प्रदान गरिएको हो । काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा युवराज खतिवडाले बैंकका सीईओसमेत रहेका चार्टड एकाउन्टेन्ट राजन सिंह भण्डारीलाइ उक्त अवार्ड प्रदान गरेका हुन् ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया