४ कार्तिक २०८३, बुधबार

भैरहवा भन्सारद्वारा लक्ष्य भन्दा १४ प्रतिशत कम राजश्व संकलन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-प्रतिक पौडेल

भैरहवा, २ साउन । नेपालकै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालय रुपन्देहीले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्य भन्दा कम राजश्व संकलन गरेको छ । ८१ अर्ब ४३ करोड ७८ लाख लक्ष्य लिएको भन्सार कार्यालयले ७० अर्ब ८ करोड २४ लाख संकलन गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

यस वर्षमा झन्डै १४ प्रतिशत अर्थात ११ अर्ब ३५ करोड ५४ लाख रुपैयाँ लक्ष्य भन्दा कम राजश्व संकलन गरेको भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत कालिराम पौडेलले बताए । गएको आर्थिक बर्ष भन्दा आयात हुने केही सामान (कार, जीप र भ्यान) भैरहवा भन्सारबाट पैठारी घटेको कारणले गर्दा राजश्व संकलन कम भएको पौडेलले जानकारी दिए । यस बाहेक किलिङर नेपालमै उत्पादन बढेको कारणले गर्दा पनि राजश्व असुली कम भएको जानकारी पौडेलले दिएका थिए ।

आर्थिक वर्ष २०७३÷०७४ मा भैरहवा भन्सारले लक्ष्य लिए भन्दा करिब ८.५ बढी असुली गरेको थियो । असार मसान्तसम्म ५७ अर्ब ३४ करोड ४० लाख लक्ष्य लिएको भैरहवा भन्सारले ६२ अर्व ३२ करोड ६५ लाख असुली गरेको थियो । त्यसै गरि गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा धेरै लक्ष्य राखिए पनि त्यस अनुरुप राजश्व भने उठेको छैन तर गत वर्ष भन्दा १३ प्रतिशतले भने बृद्धी भएको छ ।

भैरहवा भन्सार कार्यालयबाट आयात गरिने समानहरु मध्ये सबै भन्दा बढी जीप, कार र भ्यान, मोटरसाईकल, एम एस ब्लेड, डिजेल, टायलमा, सिमेन्ट क्लिङकर, ट्रक मिनिट्रक, पिकअप (सिङ्गल क्याब), पिकअप (डबल क्याब) र पेट्रोल आयात हुने गर्छ ।

यस भन्सार कार्यालयबाट सेन्थेटिक यार्न, बोरा झोला र कपडा, रद्दी कागज, हस्तकला, अदुवा, जडिबुटी, सुठो, पिना, चोकर, भुस, काच र डण्डी ट्युबहरु, मसला र रेसाको कपडा जस्ता वस्तुहरु भारततर्फ निर्यात समेत हुने गरेको भैरहवा भन्सार कार्यालयको जनाएको छ ।