४ कार्तिक २०८३, बुधबार

तीजको बेला-चर्चित मोडलहरुको भेला: हेर्नुस् रोशन कुतालको मन छुने गीत

37k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दिदीबहिनी र दाजुभाईको सम्बन्ध आफैमा पवित्र हुन्छ । अझ चाडपर्वमा त यो सम्बन्धको निकै खोजी हुन्छ । अरुबेला भन्दा तीज र तिहार चेलीबेटीका लागि अमूल्य हुन्छ ।

तीज भड्किलो बन्दै गएका बेला लमजुङे युवा कलाकार रोशन कुताल क्षेत्री नयाँ कोसेली लिएर दर्शकको माझमा आएका छन् । उनीसँगै स्वर बाँडेकी छिन्, लमजुङे लोकप्रिय गायिका शान्ति सुनारले । “दिदी र बहिनी तीजैमा भेला…” बोलको यो गीतमा रोशन आफैले लेखेका हुन् ।

‘पछिल्लो समयमा नेपाली सांगीतिक बजारमा तीज गीतको नाममा रत्यौली गीतका भाकाहरु हाबी भएका छन् । मलाई आशा छ मेरो गीत भिन्न र मौलिक खालको छ । त्यसैले दर्शकहरुको मन जित्ने कुरामा विश्वस्त छु ।’- उनले दैनिक नेपालसँग भने ।

दर्जन बढी गीत गाइसकेका रोशनले यो गीतको भिडियोमा पनि चर्चित मोडलहरुलाई अभिनय गराएका छन् । अहिलेकी निकै चल्तीकी मोडल दिपासा बिसीदेखि प्राप्ति पौडेल, संचिता शाही, रबिना भण्डारी, सुष्मा सिंह र चर्चित हास्य कलाकार केशब सापकोटा “भैसीको कसम”लाई यो भिडियोको मुख्य भूमिकामा हेर्न सकिन्छ ।

शिव बिकको निर्देशन र रबिन बिकको छायांकन रहेको यस भिडियोलाई क्यामरामा कैद शम्भु चालिसेले गरेका हुन् । रक्षा म्युजिकले बजारमा ल्याएको गीत २४ घण्टामै करिब पाँच हजार दर्शकले हेरिसकेका छन् । हेर्नुस् यो रमाइलो भिडियोः

https://www.youtube.com/watch?v=dAB786lkEyI