२ कार्तिक २०८३, सोमबार

एन आई सी एशिया बैंकको डडेल्धुरामा २ नयाँ शाखा स्थापना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमरगढी, १ साउन । डडेल्धुरा जिल्लामा एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरू स्थापना भएका छन् ।

बैंकको २ नयाँ शाखा कार्यालयहरू अमरगढी, डडेल्धुरास्थित डडेल्धुरा शाखा अमरगढी नगरपालिकाका मेयर विषेश्वरप्रसाद ओझा र दिपायल सिलगढी, डोटीस्थित दिपायल शाखा दिपायल सिलगढी नगरपालिकाका मेयर मञ्जु मलासीले असार २५ गते उद्घाटन गरेका हुन् ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभरि २२५ शाखा कार्यालयहरु, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार रू.१७७ अर्ब भन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १५१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरुरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १२० अर्ब सहित निजी क्षेत्रका बैंकहरूमध्ये दोस्रो ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।