४ कार्तिक २०८३, बुधबार

‘मैले आफुलाई मात्रै बुझेकी छैन’

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एक सामाजिक अभियन्ता । एक प्रधानाध्यापककी पत्नी । एक आमा र एक गायिका । गंगा गौतम आचार्यका अनेक परिचय छन् । आफ्ना कार्यक्षेत्रकी अभियन्ता, घरमा पत्नी र आमाबाहे उनको परिचयको फराकिलो दायराचाहीँ गायिका नै हो । स्टेज पर्फमर, लाइभ दोहोरी गायनकी अब्बल पनि मानिन्छ, उनलाई ।

बोलीको माधुर्यता एकातिर र गज्जबको गायन अर्कातिर राख्यो भने उनको नाम पुरा हुँदैन । त्यसकारण दुवै चिजलाई एक ठाउँ राखेरै दर्शकस्रोताले भन्ने गरेका छन्– माधुर्य गज्जब गंंगा !

गाइने यात्रामा हिँडेको १० वर्ष भयो । स्टेज र लाइभ दोहोरीमा लामो समय खर्च गरिन् । उद्घोषण पनि गर्छिन् । ‘६ वर्ष म रेकर्डिङ स्टुडियोमा पसिन । स्टेज र लाइभ दोहोरी, प्रश्नोत्तरमा नै बिताएँ । पूर्वका सहरहरूमा हुने मेला महोत्सवमा समय बिते’, उनी भन्छिन्,‘अहिलेचाहीँ रेकर्डिङमा पनि लागेकी छु ।’

गायन यात्रामा विभिन्न ठाउँका भिँडलाई तताउने सीप भएकी उनले त्यो भिँडलाई बुझेकी छन् । तर, आफैंलाई उनले बुझ्न सकेकी छैनन् । आफ्नै परिभाषाको मापदण्ड उनलाई थाहा छैन । उनले सरल उत्तर छ,‘त्यो मेरो मिहेनतलाई हेरेर अरुले लिने निर्णय हो ।’

आजभोली प्रविधिमैत्री हुनु अनिवार्य ठान्छिन् । त्यसैले युट्युबतिर पनि उनका आवाजले गति लिनेमा विश्वस्त छिन् । थप्छिन्,‘प्रविधिको युगमा गीतको महत्व इन्टरनेटको अति सामान्य कुनो पनि रहेछ । त्यसकारण म्युजिक भिडियो बनाएर इन्टरनेटसम्म पुग्ने काममा सक्रिय भएको मात्र ४ बर्ष भयो ।’

त्यसअघि मञ्चहरूमा निखारिने मौका मिल्यो, उनलाई । गंगा जोड्छिन्, ‘मेला र महोत्सव धेरै पुगिसकेकी छु । मलाई त्यस्ता ठाउँमा दोहोरीका लागि नै अफर आउने गर्छन् ।’

गीतको लय मात्र होइन, जीवनकै लय मिलेन भने पनि सोचेको यात्रामा हिँड्न कठिन हुन्छ । पति राजु गौतमले उनको गायन यात्राको व्यवाहारिक पाटोको लय मिलाइदिए । त्यसैले उनको गायन यात्राले अहिले गति लिएको छ । ‘पतिको सहयोग र सपोर्टले नै म हरेक ठाउँमा गीतका लागि बाँच्न सक्षम हुँदैछु’, उनी भन्छिन् ।

संख्याकै हिसाबमा उनले ५ वटा एल्बम् निकालेकी छन् । तिज गीत गाएकी छन् । दोहोरीमा धेरैलाई नचाएकी छन् । ‘सांस्कृति परम्परालाई जोगाउनका निम्ति पनि तिज, दशैं, तिहारजस्ता पर्वमा घन्किनसक्ने गीतमा मेरो रुची हुन्छ’, उनी भन्छिन्,‘जब गहिरो भाव बोकेका शव्दहरूको ओजन अगाडी देख्छु मेरो मन खुसी हुन्छ ।’

शिक्षालाई पनि अगाडी बढाउनुपर्छ भन्ने मान्यतालाई उनले लाजसँग सम्झौता गरिनन् । त्यसैले आफ्नी छोरी सँगसँगै सहपाठी भएर कलेज जान थालिन् । त्यसैको उपलव्धि हो उनले समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् र सामाजिक अभियन्ता पनि हुन् । तर प्रेम भाकामा गाँसिएको छ । भन्छिन्,‘गीतको पनि जीवन हुन्छ । मान्छेको भन्दा लामो जीवन । मान्छे कति बाँच्छ थाहा हुँदैन, गीत अमर हुन्छ । त्यसकारण जीवनको उत्तरार्धको तिव्र यात्रातिर लम्किँदा लम्किँदै पनि मैले माइक समाए, शव्दसँग रमाए, लय आफ्नो बनाएँ । यो रहर मात्र होइन, यो जीवनमा आउनैपर्ने प्रहर पनि ठानेकी छु ।’

देशका मञ्चमात्र होइन, परदेशका मञ्चमा पनि नेपाली भाकालाई उनेर सुनाउँदैछिन् उनी । केही समयमा संयुक्त अरब इमिरेट्स जान लागेकी उनी गायनलाई दृश्यका लागि होइन, सुन्नका लागि र बुझ्नका लागि बनाउने गर्छु । त्यसैले उनका प्रायः गीतमा भावको महत्वलाई राख्निछन् । बाँकी दर्शस्रोताको हातमा छाड्ने गरेकी छन् । त्यसैले उनमा एउटा आत्मविश्वास छ,‘यदि तपाईको हृदय सफा छ भने असुरक्षित महसुस नगर्नुस् भन्ने सोच आउँछ । मसँग जे क्षमता छ म त्यसमा सुरक्षित छु ।’