
काठमाडौं । विश्वकप फुटबलको फाइनलका लागि डेजाभु क्लव दरबारमार्गमा आएकी भारतीय ‘सेक्सी’ मोडल पुनम पाण्डेले नेपाल प्रहरीलाई धन्यवाद भनेकी छन् ।
दरबारमार्ग प्रहरीका कारण अनिश्चित बनेको उनको फाइनलको कार्यक्रम अन्तिम समयमा प्रशासनको अनुमतिका कारण चलेपछि उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत धन्यवाद भनेकी हुन् ।
‘नेपाल तिमीसँग मेरो माया बस्यो, माफ गर मैले मौका पाइन..क्रोएसीयाले गुमायो । म धेरै मिठा संस्मरण लिएर फर्किँदैछु’, पाण्डेले लेखेकी छिन्,‘तपाई मान्छेहरू मायालु हुनुहुन्छ, दिल लगाया । धन्यवाद नेपाल सरकार र नेपाल प्रहरी ।’
भारत फर्किनुअघि पाण्डेले पशुपति नाथको दर्शन पनि गरेकी थिइन् । उनले पशुपतिनाथ दर्शनको तस्बिरहरू पनि सामाजिक सञ्जालमा पोट गरेकी छन् ।
https://twitter.com/iPoonampandey/status/1018737351978311680
https://twitter.com/iPoonampandey/status/1018765660850216960















प्रतिक्रिया