२ कार्तिक २०८३, सोमबार

सानिमा बैंकद्वारा टिच फर नेपाललाई आर्थिक सहयोग

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३१ असार । शैक्षिक क्षेत्रमा थप टेवा पुर्‍याउने हेतुले सानिमा बैंकले टिच फर नेपाललाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

सानिमा बैंककोे कोन्ज्योसोम शाखा उद्घाटन कार्यक्रमममा उक्त चेक हस्तान्तरण गरिएको हो । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताकासाथ टिच फर नेपाल बिगत ५ वर्ष देखि यस क्षेत्रमा कार्यरत छ ।

बैंकले विगत ५ बर्ष देखिनै सामाजिक उत्तरदायित्व अन्र्तगत उपत्यका बाहिरका शाखाहरुबाट विपन्न वर्गका बिद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

हाल सम्म १८९ बिद्यार्थीहरुलाई उच्च शिक्षा प्रदान गर्न छात्रवृत्ति प्रदान गरिसकेको बैंकका प्रमुख वित्तीय अधिकृत सरोज गुरागाईँले जानकारी दिए ।

शिक्षा नै राष्ट्र निर्माणको मुलआधार हो भन्ने कुरालाई बैंकले मनन् गरि उक्त छात्रवृत्तिलाई निरन्तरता दिदै आएको छ ।

सानिमा बैंकका सात वटै प्रदेशमा हाल ६६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६९ वटा एटीएम रहेका छन् । साथै, असार मसान्त सम्ममा ७४ वटा शाखा हुने छन् ।