लसएञ्जलस । पप संगीतका गायक जस्टिन बीबर विवादमा आइरहने व्यक्ति हुन् । जस्टिन गायिका तथा मोडल सेलेना गोमेजसँग लामो समय अफेयरमा रहेका थिए । उनीहरूले विवाह गर्ने भनिए पनि ब्रेकअप भएको थियो ।
उनीहरूको यो जोडीलाई विश्वकै लोभलाग्दो जोडीको रुपमा लिइयो । यसवीचमा उनीहरूले समुद्री तटमा डेटिङ जानेदेखि अनेक हर्कत गर्नसम्म भ्याए । उनीहरूको रोमान्स मिडियाबाट लुक्न सकेन ।
जस्टिन बीबर यस्ता सेलिब्रेटी हुन् जसका करोडौं डाइहार्ट फ्यान छन् । जस्टिनको एक झलक पाउनका लागि मरिहत्ते गर्नेहरूको संख्या पनि विश्वभर नै छ । यस्तोमा उनलाई आफ्नो मनको राजकुमार बनाउनेहरूको संख्या कति होला ?
एक पटक जस्टिनले इन्स्टाग्राममा लेखेका थिए ‘प्रशंसकले मसँग फोटो नखिचुन् । किनभने फोटोको लागि झुम्मिदा मलाई आफू चिडियाघरमा राखिएको जनवार जस्तै महशुस हुन्छ ।’ यति विध्न विश्वव्यापी क्रेज भएका जस्टिनको जीवनकथामा थोरै ट्वीस्ट आएको छ ।
हालै मात्र उनले आफ्ना लागि नयाँ जीवनसंगी छनौट गरिसकेका छन् । उनीहरूबीच इन्गेजमेन्ट समेत भइसकेको छ । बीबरले अमेरिकन मोडल हेली बाल्डविनसँग इन्गेजमेन्ट गरेका छन् । विश्वका प्रतिष्ठित संचार संस्थाहरुले यो कुरालाई पुष्टि गर्दै समाचार लेखेको छ ।
जस्टिनको परिवारजनले पनि यसको खुलासा गरेका छन् । जस्टिनका पिता जेरेमीले आफ्ना छोरोको तस्विर इन्स्टाग्राममा पोस्ट गर्दै लेखेका छन्, ‘आनेवाला समयका लागि उत्साहित छन् ।’ जस्टिनकी आमा पेटिटले ट्वीट गर्दै ‘लभ लभ लभ’ लेखेकी छिन् । एजेन्सी















प्रतिक्रिया