२ कार्तिक २०८३, सोमबार

एनआईसी एशिया बैंकका थप दुईवटा शाखारहित सेवा विस्तार

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौं, ३० असार । एनआईसी एशिया बैंक लिमिटेडले थप दुई ओटा स्थानमा आफ्नो शाखारहित सेवा विस्तार गरेको छ । बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा र बर्दियाको बडैयाताल गाउँपालिकाको सितलाबजारमा आफ्नो बाह्रौं र तेह्रौं शाखारहित बैंकिङ्ग सेवा ल्याएको हो ।

बैंकले पर्वतको फलेवास नगरपालिकाको थापाठानामा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको पर्वत जिल्लाको उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले उद्घाटन गरेका हुन् ।

यस्तै बैंकले बर्दियाको बडैयाताल गाउँपालिकाको सितलाबजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको सोहि गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सुन्दरमान श्रेष्ठले उद्घाटन गरेका हुन् ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकको विस्वास छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका मुलुकभर २२६ शाखा कार्यालयहरु, २१९ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १३ वटा शाखारहित बैंकिङ्ग सेवा रहेका छन् ।