४ कार्तिक २०८३, बुधबार

जाजरकोट ट्राफिकले एक वर्षमा १३ लाख राजश्व उठायो

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २९ असार । जाजरकोटमा एक वर्षको अवधीमा सवारी नियम उलंघन गर्ने सवारीसधान कारवाहीबाट १३ लाख राजश्व संकलन भएको छ । नियम उलंघन गर्ने बस, ट्रक, ट्याक्टर, मोटरसाइकल, जीप–कारलाई गरेको कारवाहीवापत १३ लाख ९ हजार राजश्व संकलन भएको हो ।

अघिल्लो साउनमा ९१ हजार ५ सय, भदौमा एक लाख १५ हजार ५ सय, असोजमा एक लाख १५ हजार, कार्तिकमा एक लाख ४२ हजार, मंसिरमा एक लाख ७४ हजार ५ सय राजश्व संकलन भएको अस्थायी ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी सहायक निरीक्षक आनसिंह भण्डारीले जानकारी दिए ।

यस्तै पुसमा १ लाख १४ हजार, माघमा एक लाख ४९ हजार, फागुनमा ५९ हजार ५ सय, चैतमा ८१ हजार ५ सय, बैशाख ७३ हजार ५ सय, जेठमा ६८ हजार पाँच सय र असार महिनाको शुक्रबारसम्म एक लाख २४ हजार ५ सय राजश्व संकलन भएको असई भण्डारीले जनाए ।

एक वर्षको अवधीमा दुई हजार दुई सय ५४ सवारी कारवाही परेका छन् । ९ सय ६१ मोटरसाइकल कारवाहीबाट ५ लाख ७१ हजार, ४ सय ४९ बस कारवाहीबाट २ लाख ६१ हजार, ३ सय ९१ जीप–कार कारवाहीबाट २ लाख २० हजार ५ सय, २ सय ५ ट्रक कारवाहीबाट एक लाख २० हजार ५ सय, २ सय २५ ट्याक्टर कारवाहीबाट १ लाख २३ हजार ५ सय र अन्य कारवाही २३ बाट १२ हजार पाँच सय राजश्व संलकन गरिएको हो ।

साथै तोकिएको भन्दा बढी भाडा लिने सवारीसधानलाई पनि ट्राफिक प्रहरीले कारवाही गर्ने गरेको छ । बढी भाडा लिएका सवारीबाट भाडा फिर्ता गराउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा परि एकजना पुरुषको मात्रै मृत्यु भएको छ । यो एक वर्षको अवधीमा जिल्लाका ठूलो सवारी दुर्घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

थोरै ट्राफिक प्रहरी जनशक्ति र कार्यालय भवन अभावका कारण काम गर्न निकै असहज भैरहेको ट्राफिक प्रहरीको गुनसो छ । स्थापनाको लामो समय बित्दा पनि स्थायी कार्यालय नबन्दा बजेटदेखि विभिन्न कुराको समस्या हुने गरेको छ ।

ट्राफिक प्रहरी अहिले सदरमुकाम खलंगा बसपार्क नजिकै रहेको टिनले छाएको अस्थायी टहरामा बस्दै आएका छन् ।