२ कार्तिक २०८३, सोमबार

जेठ मसान्तसम्ममा वाणिज्य बैंकका शाखा साढे छ हजार पुग्यो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ असार । चालु आवको जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या ६ हजार ४१८ पुगेको छ ।

आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वाणिज्य बैंकका शाखा दुई हजार ९१९ पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार विकास बैंकको ९५१, वित्त कम्पनीको १८३ र लघुवित्त संस्थाको दुई हजार गरी ३६५ गरी कुल शाखा संख्या छ हजार ४१८ पुगेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाको प्रति शाखाबाट औसतमा करीब चार हजार ४९० जनसंख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको छ । संघीय व्यवस्थाअन्तर्गत गठित ७५३ स्थानीय तहमध्ये यस आवको असार २४ गतेसम्म ५५६ तहमा वाणिज्य बैंकको उपस्थिति पुगेको छ । यस आवको वैशाख मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा रहेको निक्षेप खाता संख्या दुई करोड २५ लाख तथा कर्जा खाता संख्या १२ लाख ८७ हजार पुगेको छ ।

त्यस्तै, एटिएम संख्या दुई हजार ६२४ रहेको छ भने मोबाइल बैंकिङ्गका ग्राहकको संख्या ४० लाख, इन्टरनेट बैकिङ्गका ग्राहकको संख्या सात लाख ८४ हजार, जारी भएका डेबिट कार्डको संख्या ५२ लाख ३५ हजार तथा क्रेडिट कार्डको संख्या ९७ हजार रहेको छ । –रासस