४ कार्तिक २०८३, बुधबार

लाइफ इन्स्युरेन्स नेपालसँग जनता बैंकको बैंकासुरेन्स सम्झौता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २६ असार । जनता बैंक नेपाल लिमिटेड र लाइफ इन्स्युरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडबीच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग सम्झौता गर्ने क्रममा मंगलबार लाइफ इन्स्युरेन्स कर्पाेरेसन नेपाल लिमिटेडबीच सम्झौता भएको हो ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र लाइफ इन्स्युरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत अभिजितघोष दस्तिदारले बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।

यस सम्झौतापश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै ११९ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

जनता बैंकले हाल देश भरी ११९ शाखा, ४० शाखा रहित बैंकिङ्ग इकाई, २ सिमित बैंकिङ्ग इकाई, २ एक्स्टेन्सन काउन्टर र ६९ एटीएमबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।