२ कार्तिक २०८३, सोमबार

जान्नुुहोस् आजको विदेशी मुद्राको विनिमयदर

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असार । नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर १०९.९० रुपैयाँ र बिक्रिदर ११०.५० रुपैयाँ तोकेको छ ।

त्यस्तै एक युरोको खरिददर १२९.११ रुपैयाँ र बिक्रिदर १२९.८१ रुपैयाँ तोकेको छ । एक ब्रिटिश पाउण्डको खरिददर १४६.०९ र बिक्रिदर १४६.८९ रहेको छ ।

एक अष्ट्रेलियन डलरको खरिददर ८१.७० रुपैयाँ र बिक्रिदर ८२.१४ रुपैयाँ रहेको छ । क्यानेडियन एक डलरको खरिददर ८४.०२ रुपैयाँ र बिक्रिदर ८४.४८ रुपैयाँ रहेको छ ।

त्यसैगरी कुवेती एक दिनारको खरिददर ३६३.५० रुपैयाँ र बिक्रिदर ३६५.४८ रुपैयाँ, एक कतारी रियालको खरिददर ३०.१८ रुपैयाँ र बिक्रिदर ३०.३५ रुपैयाँ र मलेसियन एक रिङ्गीटको खरिददर २७.२० रुपैयाँ र बिक्रिदर २७.३५ रुपैयाँ रहेको छ । यता १०० साउथ कोरियन ओनको खरिददर ९.८५ र विक्रिदर ९.९१ तथा १० जापानी येनको खरिददर ९.९५ र बिक्रिदर १०.०० रहेको छ ।