
काठमाडौँ, २५ असार । जनता बैक नेपाल लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले सगरमाथा इन्स्युरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।
जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सगरमाथा इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
यस सम्झौतापश्चात ग्राहकहरुले जनता बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा वीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानीलगायत सम्पूर्ण वीमा सेवा प्राप्त गर्न सक्नेछन् ।















प्रतिक्रिया