काभ्रे, २५ असार । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तर दायित्व अर्न्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवतीमन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरू उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, एमाले सांसद श्रीमती शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले एनआई सी एशिया बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेद्वारा उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरू सिसिटिभी क्यामराहरू हस्तान्तरण गएको हो ।
यस्ता सामाजिक उत्तर दायित्व सम्बन्धि कार्यक्रमहरूले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक कृयाकलापम सहयोग पु¥याउने हुनाले उक्त कार्यको नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर शिवराज श्रेष्ठले प्रशंसा गरे ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २२५ शाखा कार्यालयहरू, २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ ।















प्रतिक्रिया