४ कार्तिक २०८३, बुधबार

सलोनकी ‘सेक्सी’ प्रेमिका, मोजमस्ती गर्न माहिर

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तीन बर्षदेखि प्रेममा छिन्, करिश्मा श्रेष्ठ । अरु कसैको होइन, नेपाली फिल्मका अब्बल अभिनयकर्ता सलोन बस्नेतसँग ।

सलोन फिल्म निर्देशक सोभित बस्नेतका छोरा हुन् । सोभित आफैं पनि रसिक भएका कारण उनका छोरा पनि प्रेमिकाका मामलामा खुला छन् । करिश्मासँगको सम्बन्धका विषयमा सोभित जानकार नै छन् ।

करिश्मा र सलोनबीच केही बर्ष अघि खटपट पनि भएको थियो । तर, त्यो खटपट अब मिलिसकेको छ । सलोन भनेपछि हुरुक्क हुने करिश्मालाई मोजमस्ती गर्ने रहर छ । कहिले स्विमिङ पुल जाने त कहिले डिस्कोमा रमाउने उनको रहर छ । पछिल्लो समय प्रेमीसँगै बाबु कान्छा भन्ने फिल्ममा देखिन लागेकी करिश्मा बोल्ड अवतारमा फोटोसूट गराउन पनि माहिर छिन् ।

करिश्मा वाइन पिउन मन पराउँछिन् । उनले आफ्ना संगिनीहरूलाई प्रेमी सलोनसँगै वाइन पिउन रमाइलो हुने पनि बताउने गरेकी छन् ।